नुवाकोट छहरेमा रहेको सेई बोर्डिङ स्कुलमा योग कक्षा सञ्चालन
नुवाकोट,चैत ६ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ छहरेमा रहेको सेई बोर्डिङ स्कुलले दैनिक योग कक्षा समेत सञ्चालनमा ल्याएको छ ।
मनलाई एकाग्रता दिलाउन र शैक्षिक उन्नतिकाका लागि योग कक्षा सञ्चालनमा ल्याएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक राजन खतिवडाका अनुसार हाल ३ सय विद्यार्थीलाई योग कक्षामा सहभागि गराइएको छ।
पछिल्लो समय बालबालिका प्रविधिका कारण झगडालु, भुलक्कड हुने गरेकाले एकाग्रताका लागि सो कक्षा सञ्चालनमा ल्याएको प्रधानाध्यापक खतिवडाले बताए । हाल योग प्रशिक्षक मिनबहादुर श्रेष्ठले सहजीकरण गर्दै आएका छन् । विद्यालयका ६०० विद्यार्थीमध्ये ३०० जना बालबालिकालाई प्रथम चरण योग कक्षामा सहभागी गराइएको छ ।