सिन्धुपाल्चोक हेलम्बुमा डेढ दर्जन कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



सिन्धुपाल्चोक,चैत ६ । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले झुठको खेती गरेको र एकलौटी स्थानीय सरकार चलाएको भन्दै डेढ दर्जन काङ्ग्रेस नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र हेलम्बु गाउँपालिका कमिटीको विस्तारित बैठकमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाइ प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल विशेष अतिथि माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापा प्रदेश सदस्य बिलबहादुर रायमाझी, भरत थापा गाउँपालिका अध्यक्ष पेमा ह्योल्मो लगायतले टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गराउँदै नेता दुलालले आफ्नो सुखदुःख को साथी माओवादी केन्द्र मात्रै हो भन्नेकुरा जनताले बुझ्न थालेकाले सबैतिर माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभयो । त्यस्तै अर्का नेता चन्द्रबहादुर थापाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको मर्मअनुसार देश चलाउन माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउनुपर्ने र त्यसका लागि सबैले साथ दिनुपर्ने बताए ।

स्थानीय निर्वाचन नजिकिँदै जाँदा माओवादी केन्द्रले सिन्धुपाल्चोकका सबै स्थानीय तहहरुमा चुनावी अभियानलाई तिव्र बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्