नुवाकोटका विभिन्न विद्यालयलाई यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टको सहयोग



नुवाकोट,चैत ५ । जिल्लाको विदुर नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयलाई यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टले विद्यालयीय सहयोग सामग्री प्रदान गरेको छ ।नगरपालिकाको वडा नम्बर ३ मा रहेको प्रगतिशील माध्यमिक विधालयलाई सामग्री सहयोग प्रदान गरेको हो ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले पुस्तकालयका लागि स्टिल दराज १० थान, अफिस टेबल १ थान, फोटोकपी मेसिनका साथै कलर प्रिन्टर १ थान, अफिस कुर्सी १४ थान, स्कुलको ड्रेस २७० सेट, स्वास्थ्य सामग्री लगायत सहयोग हस्तान्तरण गरेका हुन् ।

त्यस्तै कार्यक्रममा सर्जिकल मास्क ५००० पिस, सर्जिकल ग्लोभ्स १० पाकेट, साबुन १ बाकस, कपडाको मास्क १००० पिस, डिजिटल घडी १ थान प्रगतिशील माविलाई प्रदान गरिएको छ । साथै बिदुरको चण्डी प्राथमिक विद्यालयका विद्यार्थीलाई ३० थान स्कुल ब्याग समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्