‘ढुक्क हुनुहोस् एमसीसीले विकास गर्छ, सेना ल्याउँदैन’- गृहमन्त्री
कपिलवस्तु,चैत ३ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अनुमोदन भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेपालमा अमेरिकी सेना नआउने दाबी गर्नुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाले एमसीसीका कारण नेपाली भूमिमा अमेरिकी सेना आउनै नसक्ने बताउनु भयो ।
नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै गृहमन्त्री खाँणले भन्नुभयो ‘एमसीसी आयोजनाबाट यहाँ विजुली विस्तार हुने हो । ट्रान्समिसन लाइन विस्तार हुने हो । भारत लगायतका देशलाई विजुली बेचेर बल्ल मुलुकको आर्थिक विकास हुन्छ ।’
अधिकांस समय एमसीसी अनुमोदनको प्रष्टिकरणमै खर्चनु भएका गृहमन्त्री खाँणले एमसीसीपछि उर्जा उत्पादन भइ नेपालको विकास हुने बताउनु भयो । उर्जा र पर्यटनको विकासविना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै उहाँले एमसीसी राष्ट्रबादको लागि भएको दावी गर्नुभयो । उहाले ढुक्क हुनुहोस् एमसीसीले विकास गर्छ । सेना ल्याउँदैन ।‘ भन्नुभयो। गृहमन्त्री खाँणले अब सरकारले विजुलीको मुल्य घटाउन लागेको बताउनु भयो । महोत्सव बुद्ध रंगशालामा चैत्र १३ गतेसम्म लाग्ने छ ।