रोहन एमसी भूमि आयोग प्युठानकाे बिज्ञ सदस्यमा नियुक्त



प्युठान,चैत ३ । सरकारले भूमि आयोग प्युठानको बिज्ञ सदस्यमा रोहन एमसीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीस्तरिय बैठकले जिल्लास्तरीय समितिकाे सदस्यमा कांग्रेस प्युठानका युवा नेता एमसीलाई नियुक्त गरेको हो।

प्युठान नगरपालिका ८ धर्मावतिका ३२ बर्षिय एमसिले अङ्ग्रेजी र राजनिती शास्त्रमा स्नातकोत्तर पास गरेका छन । उनी काङ्ग्रेस प्युठान ‘ख’ का उपसभापति समेत रहेका छन ।

यस अघि सरकारले भुमि आयाेग प्युठानकाे संयोजकमा राष्ट्रीय जनमोर्चाका नेता ईमान खड्कालाई नियुक्त गरिसकेकाे छ। सरकारले भुमिहिन जनताकाे समस्या समाधानका लागि भुमि आयाेग गठन गरि काम थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्