नुवाकोटमा काङ्ग्रेसको चुनावी कार्यक्रम व्यापक, विगतमा गुमेको जनमतलाई फर्काउने रणनीति



नुवाकोट,चैत २ । नुवाकोटमा नेपाली काङ्ग्रेसले राजनीति गतिविधिलाई व्यापक अगाडि बढाएको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै काङ्ग्रेसले जिल्ला–जिल्लामा चुनावी गतिविधिलाई व्यापकता दिलाएको हो ।

यसैबीच काङ्ग्रेसले प्रधानमन्त्री सेरबहादुर देउवासहित काङ्ग्रेसका प्रतिष्ठित व्यक्तित्वलाई समेत यसैसाता नुवाकोट भित्र्याएको छ । काङ्ग्रेसका गतिविधि हेर्दा नुवाकोटमा उस्ले विगतमा गुमाएको जनमत फर्काउने तयारी गरेको बुझिएको एक काङ्ग्रेस कार्यकर्ताले बताए ।

पछिल्लो दिनमा काङ्ग्रेसले चुनावी गतिविधि वडा भेला मात्र नभई टोल-टोल भेला समेत अगाडि बढाएको छ । त्यतिमात्र होइन काङ्ग्रेसले हरेक कार्यक्रममा आफ्ना राजनीति गतिविधि तथा पार्टीगत प्रशिक्षण समेत अगाडि बढाएको पाइन्छ । नुवाकोटमा स्थानीय तहगत काङ्ग्रेसको राजनीति हेर्दा काङ्ग्रेस कुनै गठबन्धन नहेरी एक्लै चुनावी मैदानमा लड्न सक्ने प्रवल संभावना बढेर गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्