नेपाल राष्ट्रिय शिक्षक संगठन प्यूठानको जिल्ला अधिबेसन सम्पन्न



प्युठान,फागुन २९ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति प्यूठानको १४ औ जिल्ला अधिबेसन सनिबार सम्पन्न भएको छ । अधिबेशनबाट शंकर थापाको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्य समिति सर्बसहमति चयन गरेको छ ।

जस्को महिला उपाध्यक्षमा लक्ष्मी केसी , पुरुष उपाध्यक्षमा राम बहादुर केसी ,सचिब खिम बहादुर रावत र कोषाध्यक्ष खिम बहादुर जिसी लाई चयन गरिएको छ । त्यस्तै सह कोषाध्यक्षमा लक्ष्मी सुबेदी केसी र सह सचिबमा गिरीजा थापालाई चयन गरिएको छ । त्यस्तै महिला सदस्यमा शान्ता गीरी , माया गीरी प्यूठान नगरपालिका सदस्यमा बिरेन्द्र भण्डारी र सिद्धिमान थापा , स्वर्गद्धारी नगरपालिकामा शरदराज भण्डारी माण्डबी गाउपालिकामा बेदराज पोख्रेल ,सरुमारानी गाउपालिकाको सदस्यको रुपमा टोपाराम पोख्रेल ,ऐरावती गाउपालिकामा दुर्गा जिसी ,मल्लरानी गाउपालिकामा गिरीराज जैसी ,झिमरुक गाउपालिकामा चुमान सिहं पुन , नौबहिनी गाउपालिकामा नेपाल सिंह पुरी र गौमुखि गाउपालिकामा कमल गीरीलाई चयन गरिएको छ ।

त्यसैगरि त्यस्तै खुला सदस्यमा शिद्धिमान र महिला सदस्यमा कल्पना कोइराला, कलपना गीरी चयन भएका छन । त्यस्तै केन्द्रिय प्रतिनिधिमा लोकेन्द्र जिसी , हिमा भण्डारी र रबिलाल खनाल चयन भएका हुन । जनजाती प्रतिनिधिमा बालाराम सोमै र हुकुम घर्ती चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्