इतिहासमा माओवादीले डरलाग्दो धम्की झेलेको छ : प्रचण्ड
काठमाडौं, फागुन २८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बितेका आफ्नो जीवन कालमा आफू र आफ्नो पार्टीले डरलाग्दो धम्की झेलेको बताएका छन। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।
राष्ट्रिय स्वाधीनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान निर्माण गर्दा आफूले डरलाग्दो दबाब र धम्की झेलेको उहाँको भनाइ छ। ‘राष्ट्रिय स्वाधीनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान बनाएका थियौँ। सबैभन्दा ठूलो दबाब विदेशबाट माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले झेलेको छ’, प्रचण्डले भने, ‘इतिहासमा ठरलाग्दो दबाब र धम्की झेलेको हो। दबाब र धम्कीबाट झुकिदैन भनेर संविधान जारी भएको हो।’
अहिलेसमेत अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्दा त्यही अवस्था आएको उहाँको भनाइ छ। एमसीसी पारित गर्दा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको उनले प्रष्ट पारे ।