नेकपा एस : बिर्तामोडले बनायो दसवटै वडा, अब निर्वाचनको तयारी
बिर्तामोड,फागुन २४ । नेकपा एकीकृत समाजवादी बिर्तामोडको वडा न ५ को वडा कमिटी पुराना बामपंथी नेता हर्क कुवरको अध्यक्षता बनेसगै वडा कमिटीले पुर्णता पाएको छ ।
नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाका अनुसार अब भातृ संगठन निर्माण र निर्वाचन केन्द्रीत कार्ययोजना तय गरेर पार्टी अगाडि बढ्ने छ ।
उहाँका अनुसार यस अघि बिर्तामोडमा युवा संघ, अनेरास्ववियुलगायतका नगर कमिटी बनिसकेको छ भने अब अनेमसंघ, किसान, शिक्षक, मजदुर र दलितका नगर कमिटी गठन गर्ने योजना छ ।
यसै योजना अनुसार २ हजार संगठित सदस्य र ५ हजार पार्टी सदस्य बनाउने तयारी गरिएको र स्थानीय चुनावमा पार्टीका लागि घरघरमा पुगेर भोट माग्ने टिम तयार गरिएको छ ।
झापाका १५ स्थानीय तह मध्ये बिर्तामोडले सबै वडा कमिटी निर्माण गरिसकेको जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनु भयो । जिल्लाभर कमिटी गठन, बिस्तार र चुनाव केन्द्रित अभियान थालिएको उहाँले बताउनु भयो ।
अब हरेक टोलमा कमिटी बन्नेछन्, सिग्देलले भन्नुभयो, कमिटी बिस्तारसगै भोट माग्न थालिनेे छ ।