पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै



काठमाडौं,फागुन २४ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको बताएकी छन् ।

मंगलबार ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरुको अधिकार र समानताको निम्ति उर्जा र प्रेरणाको रुपमा रही आएपनि पुर्खादेखि चलिआएको विविध सोच र संरचनाले गर्दा कानुनगत रुपमा पछाडि परेको बताएकी हुन ।

समाजमा व्याप्त कतिपय अदृश्य समाज विकृत चालचलन तथा रितिथितिको प्रसङ्ग उल्लेख गर्दै सामाजिक संजालमा उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाली महिलाहरुको निम्ति ऐतिहासिक दिन भएकोले महिलाको उत्थानका लागि सबै एकजुट हुनुपर्ने लेखेएकी छन।

प्रतिक्रिया दिनुहोस्