एमालेले निर्वाचनमा दूधको दूध र पानीको पानी छुट्याउने नेम्वाङको भनाइ
काठमाडौं, फागुन २१ । नेकपा (एमाले) का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले आउदो चुनावमा दूधको दूध र पानीको पानी छुट्याउने बताएका छन् । जनताले चुनावमा गठबन्धनको क्षमता समेत जाच्ने बताएका छन् ।
तसर्थ उपाध्यक्ष नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न समेत माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरेका हुन् ।
उनले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताए ।