कैलाली कांग्रेसको सभापतिमा भट्ट बिजयी
कैलाली,फागुन १९ । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी हुनुभएको छ ।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी हुनुभएको हो । भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी हुँदा बमले एक हजार ९६ मत पाउनुभयो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा २ हजार ४६७ मत खसेको थियो ।पहिलो चरणको मतगणनामा बमले एक हजार १६९ मत पाएका ल्याउँदा भट्टले एक हजार ७२ र सभापतिका अर्का उम्मेदवार रामबहादुर कलेलले १९७ मत पाउनुभएको थियो ।
भट्ट संस्थापन पक्षका आधिकारिक उम्मेदवार हुन् ।