तीन हप्तापछि खुल्यो प्यूठान नगरपालिका शिक्षा शाखाको ताला
प्युठान,फागुन १८ । प्यूठान नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखामा लगाइएको ताला ३ हप्तापछी आज खुलेको छ । मुक्ति माद्यमिक बिद्यालयका शिक्षक बिष्णु पोख्रेललाई प्यूठान नगरपालिकाको शिक्षा शाखाको प्रमुखको जिम्मा दिइएको भनै नेकपा एमाले निकट अनेरास्वीयू जिल्ला कमिटी प्यूठानले लगाएको ताला खुलेको हो । अनेरास्वबियु प्यूठानले गत माघ २७ गते कार्यालयमा ताला लगाएको थियो ।
बुधबार प्यूठान नगरपालिका प्यूठानका प्रमुख अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गर्दै प्यूठान नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखामा काजमा रहेका माद्यमिक शिक्षा द्धितीय पोखे्रललाई उनको दरबन्दि रहेको बिद्यालय मुक्ति माद्यमिक बिद्यालय रातामाटामा आउदो बैशाख २ गतेदेखि हाजिरी हुने गरि काज फिर्ता गर्ने सहमति भएसंगै शिक्षा शाखामा लगाईको ताला खोलिएको हो।
बैठकमा प्यूठान नगरपालिका भित्र सञ्चालनमा रहेका सम्पूर्ण सस्थागत बिद्यालयहरुको शैक्षिक सुधारको लागी २०७९ सालको शैक्षिक शत्र सुरुहुनु अगाबै सबै सरोकारवालाबिच अन्तरक्रिया गर्ने , शिक्षाका सबै निणर्य पालना गर्ने लगातको बिषयमाथी पनि निर्णय भएको थियो ।
बैठकमा नगरप्रमुख अर्जुन कुमार कक्षपति , नगर उपप्रमुख शान्ता आचार्य, प्रमुख प्रशासकिय अधिकृत महेश कुमार गुरुङ , शिक्षा अधिकृत बासुदेब पण्डित , अनेरास्वीयू जिल्ला अध्यक्ष जाल बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।