‘तयारी वस्तु र कच्चा पदार्थमा एकै भन्सार दर अव्यावहारिक’
वीरगञ्ज,फागुन १८ । कतिपय तयारी वस्तु र कच्चा पदार्थको आयातमा समान भन्सार दर रहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले यसमा सुधारको माग गरेको छ । संघले वीरगञ्जमा भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग गरेको अन्तरक्रियामा यस्तो माग गरेको हो ।
संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तयारी सामान र कच्चा पदार्थको भन्सार दरबन्दी समान रहेकाले तयारी सामान र कच्चा पदार्थको भन्सार महशुलमा कम्तीमा एक तह फरक हुनुपर्ने बताए ।
महानिर्देशक भट्टराईले निजीक्षेत्रका सुझाव सकारात्मक रहेको बताए । समस्यालाई तत्काल निरूपण गर्ने र नीतिगत समस्याको समाधानका लागि आवश्यक गृहकार्य थाल्ने पनि उनले बताए । भन्सार राजस्वको करीब आधा हिस्सा वीरगञ्जबाट उठ्ने भएकाले यस क्षेत्रका माग, गुनासो र सुझावलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्सार विभाग प्रतिबद्ध रहेको उनको भनाइ छ ।
गुप्ताले नेपालबाट रातो बासमती चामलको निर्यातका लागि पहल गर्नुपर्ने र उद्योगले आयात गर्ने उपकरणका पार्टपुर्जामा बढी भन्सार तिर्नुपर्ने व्यवस्था परिमार्जन गरी १ प्रतिशतमा झानुपर्ने बताए । वीरगञ्जको एकीकृत जाँच चौकीबाट मालवाहक सवारीसाधनमात्र भित्रिने गरेकोमा सार्वजनिक र निजी सवारीसाधनलाई पनि आवतजावत गर्न दिइनुपर्ने उनले सुझाए । विगत वर्षहरूमा सरकारले दाल निर्यातमा ४ प्रतिशत अनुदान दिने गरेकामा अहिले हटाएको भन्दै त्यस्तो अनुदानलाई पुनः लागू गरिनुपर्ने माग पनि संघले राखेको छ ।
संघका उपाध्यक्ष माधव राजपालले ४७ ओटा संकेत नम्बरमा आउने मालवस्तुको आयातमा नगद मार्जिन राख्ने प्रावधानले परेको कठिनाइ, भन्सार मूल्यांकनमा देखिएको जटिलता लगायतमा भन्सार विभागको ध्यानाकर्षण गराए । आर्थिक अभियानबाट