नुवाकोट छहरेमा एमसीसीको विरोधमा मसाल जुलुस प्रदर्शन
नुवाकोट,फागुन १४। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लिखु गाउँपालिका वडा नम्बर ६ को अगुवाइमा एमसीसीको विरोधमा शनिबार साँझ राकेजुलुस सहित प्रदर्शन भएको छ । नुवाकोटको दोस्रो सदमुकाम मानिने छहरे बजार हुँदै थान्सिङ फाटमा माओवादी केन्द्रले एमसीसी राष्ट्रको हितमा नभएको भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने जनाउदैै विरोध प्रदर्शन गरिएको माओवादी केन्द्र लिखु ६ का अध्यक्ष सुमन भण्डारीले बताए ।
राके जुलुश सहितको शान्ति पुर्ण जुलुसमा स्वतस्फूर्त युवाहरुको सहभागिता रहेको थियोे । केन्द्रिय कमिटीको सर्कुलर अनुसार नगरिक समाजले शनिबार बिहान समेत सो स्थानमा जुलुस प्रदर्शन गरेको थियोे ।
हातहातमा राको बोकेका युवाले गो ब्याक अमेरिका, रिजेक्ट एमसीसी, देश बेच्न पाईदैन एमसीसी चाहिदैन जस्ताका नारा सहितको प्लेकार्ड र राके जुलुसका साथ विरोध प्रदर्शन गरिएको थियोे ।