एकिकृत स्वास्थ्यकर्मी संगठन बागलुङको अध्यक्षमा शर्मा
बागलुङ, फागुन १४ । नेकपा एकिकृत समाजवादी निकट एकिकृत स्वास्थ्यकर्मी संगठन बागलुङको अध्यक्षमा टुकानाथ शर्मा चयन भएका छन् ।
शनिबार भएको स्वास्थ्यकर्मीहरुको जिल्ला भेलाले टुकानाथ शर्माको अध्यक्षतामा एकिकृत स्वास्थ्यकर्मी संगठन नेपाल जिल्ला समिति बागलुङ गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल र सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, कालीप्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नी आचार्य, डिल्ली प्रसाद शर्मा र सृष्टि थापा चयन भएका छन् ।