वैदेशिक रोजगारीमा जानेको पिसीआर परिक्षण निशुल्क गरिने



काठमाडौं,फागुन १३ । बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परिक्षण निशुल्क हुने भएको छ । 

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पिसीआर परिक्षणको व्यवस्था गरेको हो ।संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुती दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

अबदेखि सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निशुल्क पिसीआर परिक्षण हुनेछ । तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्