नुवाकोटको जनज्ञान निकेतन विद्यालयको प्रधानाध्यापकमा अर्जुन लामिछाने
नुवाकोट,फागुन १२ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको जनज्ञान निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापकमा अर्जुन लामिछाने नियुक्त भएका छन् ।
बिहीबार विद्यालयमा भएको विद्यालय ब्यवस्थापन समितिको भेलाले लामिछानेलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरेको हो ।
शिक्षक लामिछानेलाई विद्यालयमा कार्यरत प्रधानाध्यापक महेशप्रसाद सिलवालको उमेरका कारण स्वत अवकाशसंगै प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो ।
विगत २५ वर्षदेखि शिक्षण पेशामा आवद्ध लामिछानेलाई प्रधानाध्यापकको जिम्मेवारी दिएसंगै विद्यालयको शैक्षिक व्यवस्थापनमा थप सुधारको अपेक्षा अभिभावकले राखेका छन् । लामिछानेले शिक्षा विषय र वाणिज्य शास्त्र विषयमा स्नातकोत्तर हासिल गरेका छन् ।