नुवाकोट शिवपुरीका दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण



नुवाकोट,फागुन १० । जिल्लास्थित शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत २१४ जना विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण गरिएको विद्यालयले जनाएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतको प्रमुख आतिथ्यतामा कपडा वितरण गरिएको थियोे ।त्यस्तै शिवपुरी गाउँपालिकाकै खोलेखर्क आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिएको छ ।

शिवपुरी गाउँपालिका वडा नम्बर १ मा रहेको सो विद्यालयमा बागमती प्रदेश सदस्य मणीराम केसी. प्रदेस नम्बर १ ‘क’ को सभापति शुशिलकुमार खड्का, शिवपुरी गाउँपालिका कार्य समितिका सभापति कबिराज गुरुङ, शिवपुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्रराज खत्री, शिवपुरी वडा नम्बर १ नेपाली काङ्ग्रेस कार्य समिति का सभापति रविन गुरुङ, वडा नम्बर ६ का काङ्ग्रेस वडा सभापति माधब पाठक, समाजसेवी रामेश्वर थापा, बासुदेव कडेल, सुरेन्द्र थापा लगायतको उपस्थिति रहेकोे थियोे ।

गुर्जेस्थित कालिका माद्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै नुवाकोट काङ्ग्रेसका सभापति रमेशकुमार महतलगायत

प्रतिक्रिया दिनुहोस्