यथास्थितिमा हामी एमसीसीको पक्षमा छैनौ : अध्यक्ष नेपाल



काठमाडौं,फागुन १० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु देशको स्वाभिमान उठाउन राजनितिमा लागेको वताएका छन् । सिन्धुपाल्चोर र नुवाकोटवाट पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असल उदेश्य र मनसायका साथ राजनीतिमा लागको भन्दै समानता , न्याय र समाजवादको यात्रामा वाधा अवरोधहरुलाई पन्छाउँदै अगाडि वढेको वताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आफूहरुले नयाँ यात्रा तय गरेको भन्दै जुन विचार र सिध्दान्त लोकप्रिय हुन्छ त्यही पार्टीलाई जनताले विश्वास गर्ने बताए । एमसीसी संगको प्रसंगमा अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा एमसीसीका विवादित प्रावधान संसोधन विना पास हुन नसक्ने भन्दै सरकार भन्दा देश र सार्वभौमसत्ता महत्वपूर्ण भएको वताए । उनले वर्तमान अवस्थाम यथास्थितिमा आफूहरु एमसीसीको पक्षमा नरहेको भन्दै उक्त विवादित विषयमा संसद्मा छलफल हुने बताए ।

आगामी चुनावमा गठवन्धन कायमै रहने भन्दै अध्यक्ष नेपालले आफ्नो अस्तित्वको चिन्ता गर्न छोडेर अरुको वारेमा विष वमन नगर्न एमालेलाई सुझाएका थिए । सुव्वा तामाङको सक्रियतामा सिन्धुपाल्चोक र नुवाकोटवाट विजय लामा,पेम्वा लामा,आइतसिं तामाङ सुनिल वुढाथोकी सहित दर्जन वढी कार्यकर्ताहरु नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टीका महासचिव डा.वेदुराम भुसाल, उपमहासचिव डा विजय पौडेल,डा.गंगालाल तुलाधर सहित केन्द्रीय सदस्य र अन्य नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्