संशोधन र परिमार्जन बिनानै प्रधानमन्त्रीले एमसीसी टेबल गर्नु नेपाली जनताको घोर अपमान
काठमाडौं,फागुन ८ । माओवादी केन्द्रका नेता तथा पूर्व सांसद हितबहादुर तामाङले संशोधन र परिमार्जन बिनानै प्रधानमन्त्री सेरबहादुर देउवाले एमसीसी टेबल गर्नु नेपाली जनताको घोर अपमान भएको बताएका छन् ।
पछिल्लो समय संसदमा प्रमुख प्रतिपक्ष दलको अबरोध यथावत कायम रहदारहदै राष्ट्रिय सहमति निर्माणको प्रयास समेत ख्याल नगरी संशोधन गर्नु राष्ट्रिय हित विपरीत भएको बताएका हुन् ।
विभिन्न सार्वजनिक कार्यक्रममा समेत एमसीसी संशोधन गर्नु पूर्व जनताको हित र अहितका विषय अध्ययन गर्नुपर्ने बताउदै आएका नेता तामाङले आइतबार संसदमा एमसीसी प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा संसदमा टेबल भएकोप्रति सार्बभौम संसद् र नेपाली जनताको अपमान भएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् – “पछिल्लो घटनाक्रमले विना संशोधन यो एमसीसी टेवल हुनु सार्बभौम संसद र नेपाली जनताको घोर अपमान एवम् नेपालको सार्बभौमसत्ता ,राष्ट्रिय स्वाभिमान र जनताको स्वतन्त्रताको हनन् हो ।”