संसद भवन अगाडिको सडक निषेधित क्षेत्र घोषणा
काठमाडौं,फागुन ८ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ ।
संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाउनुका साथै बाक्लो रुपमा सुरक्षाकर्मीको तैनाथी बढाएको हो ।
आज ६ पार्टी र २ मोर्चाले एमसीसीका विरुद्ध प्रदर्शन गर्नुका साथै संसद भवन घेराउ गर्दैछन् ।