नेकपा समाजवादीकाे बेलकाेटगढी नगर कमिटि गठन
नुवाकोट, फागुन ७ । नेकपा एकीकृत समाजवादी पार्टीको बेलकाेटगढी नगर संगठन कमिटीले आज आयाेजक कमिटी गठन गरेकाे छ।
नेकपा एसका नेता नारायण नेपाल जमदारकाे अध्यक्षतामा ३१ सदस्यिय आयाेजक कमिटि गठन भएकाे हाे। कमिटीकाे सहसंयाेजकमा पुरुषाेत्तम वाग्ले र राधिका डंगाेल, सचिवमा गाेपि प्रसाद रेग्मी सहित ३१ सदस्यीय कमिटी चयन गरिएकाे हाे।
त्यसैगरि अनेमसंघ बेलकाेटगढीकाे संयाेजकमा गाेमा आले खनाल,सहसंयाेजक देउती तामाङ लगाएतकाे १५ सदस्यिय कमिटी गठन गरिएकाे हाे। त्यसैगरी, बेलकाेटगढी नगरपालिका वार्ड नं ८ मा वडा भेला आयाेजक कमिटि समेत गठन भएकाे छ। साेमप्रसाद खतिवडा संयाेजक र ठाकुर प्रसाद अधिकारी सहसंयाेजक रहने गरि ९ सदस्यिय आयाेजक कमिटि गठन गरिएकाे हाे। कार्यक्रमकाे प्रमुख अथिति पुर्व सांसद तथा पार्टी इन्चार्ज राजेन्द्र प्रकाश लोहनी रहनुभएकाे थियाे।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी समाजवाका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला कमिटी सदस्य सुर्य बहादुर कडेल,नेकपा एसका नेता अच्युत पाण्डे ,नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला उपाध्यक्ष शान्ता थापा,सचिव पदम उप्रेती,उपसचिव तथा खेलकुद विभाग प्रमुख उद्वव पनेरु,विदेश विभाग सचिव डा.शंकर खतिवडा,आर्थिक विभाग प्रमुख रामकृष्णराज भण्डारी,जिल्ला कमिटि सदस्य प्रकाश नेपाल, नारायण नेपाल, दिपेश चित्रकार,प्रदेश सदस्य उपेन्द्र खनाल,युवासंघका नेता नवीन न्याैपाने,सुनिल चित्रकार,प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष राजु तिमल्सिना लगाएतकाे उपस्थिति रहेकाे थियाे ।