२०७९ सालको शैक्षिकसत्र जेठबाट
काठमाडौ,फागुन ४ । आउदो शैक्षिक सत्र २०७९ सालको जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सो निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, आगामी शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशासमा सक्ने निर्णय भएको छ ।