काङ्ग्रेसले गर्यो एमसीसीबारे यस्तो निर्णय
काठमाडौं,फागुन ३ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराराउनुभएको छ ।