रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश
बुटवल,फागुन २ । रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’, उपाद्यक्ष सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन्।
गत निर्वाचनमा रोहिणी गाउँपालिकाका अध्यक्ष यादव संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए भने ओमसतियाका अध्यक्ष राहुल र उपाध्यक्ष हरिजन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
उनीहरुलाई सोमबार एक कार्यक्रमका बीच एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् ।