एमसिसी बिरुद्ध पाल्पामा एकिकृत समाजवादीको बिरोध सभा



पाल्पा, फागुन १ । एकीकृत समाजवादी निकट पाल्पा जिल्लाका जनवर्गीय संगठनहरूले एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आईतबार तानसेनको आन्दोलन चोकमा उनिहरुले बिरोध सभा गरेका हुन ।

कार्यक्रममा बोल्दै बुद्धिजीवी भेषराज सुबेदीले एमसिसी पास भए मुलुकमा गम्भीर जटिलता उत्पन्न हुने बताउनुभयो। उहाले एमसिसी लागु भए नेपाल आगामी दिनमा उपनिवेश बन्ने बताउनुभयो । सुबेदीले लेखा परिक्षण नेपालले गर्न नपाउने यो निमय मान्य नहुने घारणा राख्नुभयो ।

यस्तै युबा संघ नेपालका जिल्ला अध्यक्ष आसिष श्रेष्ठ र  प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका पाल्पा सचिब अच्युत नेपालले एमसिसि रास्ट्रघाती संझौता भएकोले कुनैपनी हालतमा पास हुन नहुने धारणा राखे। एकीकृत समाजबादीका जनसंगठनहरु रास्ट्रघाती एमसिसिको बिरोधमा डटेर लाग्ने उहाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्