नुवाकोट शिवपुरीमा जनयुद्ध दिवस तथा सहिद परिवार भेटघाट कार्यक्रम सम्पन्न
नुवाकोट,फागुन १ । नेकपा (माओवादी केन्द्र) शिवपुरीले जनयुद्ध दिवस मनाएको छ ।
शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा संगठनले विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीस्थित डुम्रेमा एक कार्यक्रम गरी जनयुद्द दिवस मनाएको पार्टीका वडा अध्यक्ष श्यामप्रसाद पाण्डेले बताए ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका आफन्तजनलाई भेटघाट कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य शिवबहादुर खातीले विगतको जनयुद्धमा वीर नेपाली सपूत १२ हजार कार्यकर्ताले बलिदानी पश्चात् ल्याएको सघियता र गणतन्त्रलाई जोगाउन सबै लागिपर्न अनुरोध गरे ।
सोही कार्यक्रममा वडा सङठन कमिटी सचिब बिनोद कडेलले आगामी निर्बाचनमा जित हासिल गरेर स्थानिय जनताको सेवा गर्न आतुर रहेको बताए । त्यस्तै कार्यक्रमका सभापती तथा शिवपुरी वडा सङठ्नका अध्यक्ष एब शिवपुरी माओवादी केन्द्रका प्रखर नेता श्यामप्रसाद पाण्डेले आगामि निर्बाचनमा जित सुनिस्चित भएको बताए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका पालिका कमिटी अध्यक्ष अस्मिता ठकुरी, वडा कमिटी उपाध्यक्ष र कोषाध्यक्ष क्रमश फुर्तिमान तामाङ र बिरमाया तामाङ, पालिका कमिटी सदस्य महेन्द्रप्रसाद पान्डे, सुबास उप्रेती, दलित मोर्चा पालिका कमिटी अध्यक्ष राजु सुनार लगायतको उपस्थिति रहेको थियोे ।
त्यस्तै जनयुद्ध दिवसको अवसरमा बेलकोटगढी नगरपालिकाबाट १ करोड १० लाख १३ हजार २८० कुल लागतमा ८७ घरमा (एक घर एक धारा एक मिटर) कार्यक्रम अगाडि बढाइएको छ । नगरपालिकाको वडा नम्बर ५ खड्कछाप राताटार, टोड्केमा आइतबार खानेपानी उद्घाटन समेत गरिएको छ ।