माओवादीलाई प्राप्त आंशिक उपलब्धिको रक्षा गर्न नै चुनौति भयो- राधिका तामाङ



काठमाडौं,फागुन १ । वाग्मती प्रदेशकी उपसभामुख तथा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले माओवादीलाई प्राप्त आंशिक उपलब्धिको रक्षा गर्न नै चुनौति बढेको बताएकी छिन ।

नेतृ तामाङले जनयुद्धको २७ औं दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विभेदकारी राज्य व्यवस्थाको अन्त्य गरी सामाजिक न्याय र स्वतन्त्रताको हक स्थापित गर्न सबैले सचेतन पहल गर्नुपर्ने पार्टीका अग्रपंक्तिमा रहेका राजनीतिक व्यक्तित्वलाई आग्रह समेत गरेकी छिन ।

जनयुद्धको २७ औं दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उपसभामुख तामाङले भनेकी छन् – ‘विभेदकारी राज्य व्यवस्थाको अन्त्य गरी सामाजिक न्याय र स्वतन्त्रताको हक स्थापित गर्न सचेतन पहल गरिएको ऐतिहासिक दिन महान जनयुद्धको २७ औं दिवशको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिवादनसहित बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु । विभेदको अन्धकारयुक्त समाजबाट गणतन्त्रको मिर्मिरे विहानीसम्म ल्याइ पुर्याउन जीवनको आहूति दिने तमाम वीर सहिदहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दै घाइते अपाङ्ग योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । जनयुद्धका लक्ष्य पुरा भएका छैनन् । ती लक्ष्य पुरा गर्नका लागि अगाडि बढ्नु त छँदैछ तर यतिबेला प्राप्त आंशिक उपलब्धिको रक्षा गर्न नै चुनौति बढेकोे अवस्था छ । यस ऐतिहासिक दिनको अवसरमा सबैले गंभीरतापूर्वक वर्तमान चुनौतिहरुको सामना गर्दै थप अगाडि बढ्ने संकल्प गरौं ।’

प्रतिक्रिया दिनुहोस्