टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने



काठमाडौँ, माघ २९ । टोखामा मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको छ । टोखा नगर क्षेत्रमा कोरोनाका कारण स्थगन भएको ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको हो ।

जनतालाई स्वस्थ राख्न काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरले ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन गर्न लागेको जनाएको छ । यसअघि टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल) मा सो सेवा सुरु गरिएको थियो ।

‘म स्वस्थ, मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम फागुन १ देखि पुनः सुरुआत गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । टोखाले नगरवासीलाई स्वस्थ्य राख्ने उद्देश्यले मङ्सिर २८ गतेदेखि सो कार्यक्रम सुरु गरेको थियो ।

टोखाले मेयर दीर्घायु कार्यक्रम पुनः सञ्चालन भएसँगै वडामा अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई नाम दर्ता गराउन नगरवासीलाई अनुरोध समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्