एमसीसीले अर्को बिश्वयुद्ध जन्माउँछ : उपाध्यक्ष न्यौपाने



काठमाडौं,माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले यथास्थितिमा एमसीसी पास गरिए अर्को बिश्वयुद्ध हुने खतरा रहेको बताएका छन् । समाजवादी प्रेस संगठन मकवानपुरको जिल्ला भेलामा बोल्दै उनले एमसीसी यथास्थितिमा पास गरिए नेपाली भुमि चीन र अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको युद्धमैदान बन्ने खतरा रहेको बताएका हुन । 

एमसीसीका कतिपय बुदाँहरु आपत्तिजनक रहेको र त्यसलाई सच्याउन अमेरिका तयार नहुनुले एमसीसी अमेरिकाको रणनितिक परियोजना रहेको पुष्टि हुने उनको भनाई छ । उनले बिकास परियोजनाको नाममा सार्वभौम राष्ट्रमाथि अमेरिकाले आफ्नो अधिकार जमाउन खोजिरहेको बताए । एमसीसी अन्य बिकास परियोजनाजस्तै बिना शर्त आए सहजै स्विकार गर्न सकिने तर हालको स्थितिमा कुनै हालतमा स्विकार्न नसकिने उनले प्रस्ट पारे ।

उनले नेकपा एकिकृत समाजवादी राष्ट्रघाती र नेपाली जनताको हितविपरितको कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको उनले बताए । एमसीसी पारित गर्न तत्कालीन नेकपाका पार्टि अध्यक्ष रहँदा देखि नै केपी ओली खुलेर लागेको उनको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्