अन्तरराष्ट्रिय बजारमा घटेपनि नेपालमा १५०० बढ्यो सुनको मूल्य



काठमाडौं,माघ २९ । पछिल्लो एक सातामा सुनको मूल्य १ हजार ५०० रुपैयाँले बढको छ ।

माघ २१ गते प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य  माघ २८ गते ९४ हजार रुपैयाँमा पुगेको छ । यो मूल्य एक साता  यताकै उच्च हो । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

बिहीवार सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको थियो । बिहीवार भने सुनको मूल्य एकै दिन ५०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

माघमा दोस्रोपटक ९४ हजार माथि पुग्यो सुन
शुक्रवारको सुनको मूल्य माघ लागेपछि दोस्रो पटक ९४ हजार माथि पुगेको हो । यसअघि माघ माघ १२ गते पनि सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यसपछि सुनको मुल्य लगातार ओरालो लागेर माघ १७ गते प्रतितोला ९१ हजार ८०० रुपैयाँसम्म झरेको थियो । माघ १८ गते सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँ पुगेको थियो । माघ १९ गते प्रतितोला  ९२ हजार २०० रुपैयाँ, माघ २० गते प्रतितोला ९२ हजार ७०० रुपैयाँ पुगेको थियो । 

साथै माघ २१ र २३ गते सुनको मुल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि माघ २४ गते सुनको मुल्य एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

२५ गते प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्य २६ गते १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको थियो ।२७ गते ५०० र २८ गते १०० रुपैयाँले बढेपछि यो हप्ता सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ ।

अन्तरराष्ट्रिय बजारमा घट्यो, नेपालमा बढ्यो

नेपालमा हप्तै भरी उकालो लागेको सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा भने उतारचढाव आइरहेको छ । साताको शुरुवातमा प्रतिऔंश १८०६ अमेरिकी डलर रहेको सुनको मूल्य बुधबवार १८३३ औंश सम्म पुगेको थियो । त्यसउता लगातार दुई दिन मूल्य घटेर प्रति औंश १८२४ डलरमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा दुई दिन मूल्य बढ्दा नेपालमा भने दुबै दिन मूल्य बढेको छ। बिहीवार ५०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रवार थप १०० रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै सुनको मूल्य निर्धारण हुने भएपनि नेपालमा भने डलरको मूल्यले पनि सुनको मूल्यमा प्रभाव पार्ने सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पछिल्लो केहि दिनयता अमेरिकी डलरको भाउ लगातार उकालो लागेका कारण सुनको मूल्य महँगिएको बताए ।

नेपालले सुन किन्नको लागि पहिला डलर किन्नुपर्ने र डलरकै मूल्य बढेपछि सुनको मूल्य पनि बढेको उनको भनाई छ । अन्तरराष्ट्रिय बजारमा सुन, पेट्रोल र डलरको मूल्य एकसाथ उकालो लागेका कारण फागुनमा सुन थप महँगिन सक्ने उनले बताए ।

यो वर्ष सुनको मूल्य उच्च विन्दुमा जेष्ठ २० गते प्रतितोला ९४ हजार ९०० रुपैयाँसम्म पुगेको थियो । त्यसपछि कात्तिक ३० गते प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी असोज १४ गते सबैभन्दा थोरै प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्