अनेरास्ववियूद्वारा प्यूठान नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी



प्यूठान,माघ २७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा तालावन्दी गरेको छ ।

मुक्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विष्णु पोख्रेललाई प्यूठान नगरपालिकाले विद्यालयमा नियमित अध्यापनमा नखटाई कार्यालयको आन्तरीक कामकाजमा खटाउँदै आएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत दिएकाले विद्यालय फर्काउन माग गर्दै आज शिक्षा शाखामा तालावन्दी गरिएको अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर के सीले बताए ।

नियुक्त भएका शिक्षकले विद्यालयको पठनपाठनमा संलग्न हुनुपर्ने कानुनी व्यवस्थालाई नगरपालिकाले राजनितिक दलको आडमा गैरजिम्मेवार जिम्मेवारी प्रदान उनको भनाई छ । उक्त विषयमा अनेरास्ववियु प्यूठानले केहि दिन अघि पत्रकार सम्मेलन गरी नगरपालिकालाई आग्रह गरेको थियो । नगरपालिकाले मागलाई वेवास्ता गरी पुरा नगरेकाले तालाबन्दि गर्न बाध्य भएको संयोजक के.सीले बताए ।

प्रतिक्रिया दिनुहोस्