लिखु गाउँपालिकाका विद्यालय फागुन १ देखि भौतिक उपस्थितिमै सञ्चालन हुने
नुवाकोट,माघ २७ । लिखु गाउँपालिकाका सामुदायिक तथा निजि विद्यालय फागुन १ देखि भौतिक उपस्थितिमै सञ्चान हुने भएको छ।
पछिल्लो समय जिल्लास्तरमा कोभिड संक्रमणदर समेत घट्दै गएको र कोरोना विरुद्धको खोप समेत संचालन भैरहेकाले नियमित भौतिक कक्षा सञ्चान हुने गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख साधुराम फुयालद्वारा हस्ताक्षरित सूचनामा आगामी शैक्षिक क्रियाकलाप समेत संघीय शिक्षा मन्त्रालय बमोजिम हुने बताइएको छ ।
सूचना