कोरोना अपडेट: एक हजार १३ संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौं,माघ २७ । पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तीन हजारको एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ३८ जना निको हुँदा १२ जनाको कोरोनाले मृत्यु भएको छ । अहिले देशभर २९ हजार चार जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्