प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको अध्यक्षमा तिमिल्सिना



नुवाकोट,माघ २६ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको अध्यक्षमा राजु तिमिल्सिना चयन भएका छन् । बुधबार विदुरस्थित सचेतना केन्द्रमा भएको नेकपा समाजवादी समर्थित शिक्षकहरुको भेलाले तिमिल्सिनालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संगठनको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष देवेन लामा, महिला उपाध्यक्षमा सम्झना पाण्डे, सचिवमा राजु श्रेष्ठ, सहसचिवमा शक्तिमान लामा, कोषाध्यक्षमा कुलप्रसाद न्यौपाने , सहकोषाध्यक्षमा ज्ञानबहादुर लामासहित ३१ सदस्यीय समिति चयन भएको छ ।

कार्यक्रममा नेकपा समाजवादीका नेता राजेन्द्रप्रकाश लोहनी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भीमबहादुर बस्नेत, उपाध्यक्ष महेश्वर पाण्डे, समाजवादी नेता तथा पुर्व शिक्षक जगदीश पाठक लगायतको सहभागिता रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस्