मतदाता नामावली संकलन कार्य स्थगित
काठमाडौं,माघ २४ । सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।
आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो। सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने आयाेगले जनाएकाे छ।
निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ। आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ।