एमसीसीबारे प्रचण्डले भित्र एउटा बाहिर अर्को कुरा गरेको भन्दै बाबुरामले भने ‘पाखण्डी’



काठमाडौं, माघ २४ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाखण्डीको संज्ञा दिएका छन् ।

नेता भट्टराईले एमसीसीबारे प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै गम्भीर आरोप समेत लगाएका छन् ।

बाबुरामले गएराति ट्वीट गर्दै प्रचण्डलाई भित्र खाओवाद बाहिर माओवाद भनेका छन् । प्रचण्डले भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवादको चरित्र देखाइरहेको आरोप समेत लगाए । प्रचण्डको नाम उल्लेख नगरी उनले दुईजिब्रे समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्