नुवाकोट दुप्चेश्वर गाउँपालिकामा पनि मनाइयो विश्व क्यान्सर दिवस
नुवाकोट,माघ २१ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा पनि विश्व क्यान्सर दिवस मनाइएको छ ।
‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं ’ भन्ने नाराका साथ जिल्लाको दुप्चेश्वर गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाएको हो ।
दिवसको अवसरमा अन्तर स्वास्थ्यकर्मी बिच हाजिरी जवाफ प्रतियोगिता, नसर्ने रोग सम्बन्धि कार्यक्रम साथै र्याली गरिएको थियोे । समुन्द्रटार स्वास्थ्यचौकीबाट सुरु भएको र्याली बजार परिक्रमा गरि बजारको अन्तिम स्थानमा पुगेर समापन गरिएको दुप्चेश्वर गाउँपालिका जनस्वास्थ्य अधिकृत सुदिप थापाले बताए ।
कार्यक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, प्रमुख प्रसासकिय अधिकृत बिनोदकुमार अधिकारी लगायतले समयमै क्यान्सरको पहिचान हुनु र उपचार हुन सके क्यान्सर रोगबाट बच्न सकिने बताएका थिए ।