अनेरास्वबियु प्युठानको आरोप आधारहिन, लज्जास्पद र हास्यास्पद : शिक्षक संगठन



प्युठान,माघ १९ । नेपाल शिक्षक महासंघ प्युठान नगरपालिका र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला शाखा प्युठानले प्युठान नगरपालिकामा कार्यरत स्राेत व्यक्ति बिष्णुप्रसाद पाेखरेल माथी नेकपा एमालेकाे विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्ववियु प्युठानले तथ्यहिन, कपाेकल्पित, भ्रमपुर्ण अाराेप लगाएकाे भन्दै खण्डन गरेकाे छ ।

नेपाल शिक्षक महासंघ प्युठान नगरपालिकाका अध्यक्ष गाेपाल प्रसाद घिमिरे र सचिव कमल केसीकाे हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकामा कार्यरत स्राेत व्यक्ति पाेख्रेलले शिक्षकहरूकाे पेशागत हित र नगरपालिकाकाे शैक्षिक गतिविधिमा सक्रीय र इमान्दार स्राेत व्यक्ति माथि लगाईएकाे अाराेप झुट, भ्रमपुर्ण कपाेकल्पित रहेको भन्दै आपत्ती जनाईएकाे छ ।

त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनले प्युठान नगरपालिका शिक्षा शाखामा कार्यरत स्राेत व्यक्ति माथी लक्षित अाराेपहरू अाधारहिन,पुर्बाग्रही,राजनैतिक प्रतिशाेध राखेर आरोप लगाईएकाे कुरा उल्लेख गरिएकाे छ । कार्यान्वयन तहमा रहेका जनप्रतिनिधिहरूकाे गुनासाे विद्यार्थी तहमा लगि विज्ञप्तिबाजि गर्नु अाफैमा लज्जास्पद र हास्यास्पद रहेकाे कुरा उल्लेख गरिएको छ ।

स्राेत व्यक्ति माथी लगाईएका अाधारहिन ,तथ्यहिन, भ्रमपुर्ण अाराेपकाे संगठनले घाेर भर्सना गरेकाे छ । शिक्षक माथी हुने अन्याय,अत्याचार ,विभेदकाे अन्त्य र पेशागत अनुशासन र सुरक्षाकाे निम्ति संगठन सदैव वकालत गर्न तयार छ भन्दै यी र यस्ता गतिविधिहरू यथाशीघ्र संचाउन सम्बन्धि सराेकारवालासँग अाग्रह गर्दछ गरेकाे कुरा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कमल जिसी र सचिव गाेपाल प्रसाद घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । यी यस्ता गतिविधिहरू दाेहाेरिएमा संगठनले जस्तोसुकै अान्दोलन गर्न पनि तयार रहेकाे कुरा विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्