नुवाकोट आदर्श बुहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा श्रीराम श्रेष्ठ चयन
नुवाकोट,माघ १९ । नुवाकोट आदर्श बुहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा पुनः श्रीराम श्रेष्ठ चयन भएका छन् । बुधबार सम्पन्न छैटौ क्याम्पसको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
भेलाले ९ सदस्यीय कार्यसमिति समेत सर्बसम्मत रुपमा चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा लिलानाथ न्यौपाने, मोहनबहादुर खड्का, सुरेन्द्र मुडबरी, केदार डोटेल, बद्रीप्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना, भगवती खनाल र राजाराम अधिकारी चयन भएका छन् ।
क्याम्पस सभा कार्याक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङग्रेसको केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले राजनीति भन्दा माथि उठेर कार्य गर्न क्याम्पस सञ्चालक समितिलाई आग्रह गरे । नुवाकोट, रसुवा र धादिङको पहिलो सामुदायिक यस क्याम्पसले बिगतको दिनमा धेरै जनशक्ति उत्पादन गरिसकेको बताउदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवस्थापन पक्ष चुस्त हुनुपर्ने बताए ।