तत्काल निर्वाचनको मिति घोषणाको माग गर्दै गुल्मीमा राके जुलुस प्रर्दशन



गुल्मी,माघ १८ । युवा संघ नेपाल गुल्मीले राके जुलुस प्रर्दशन गरेको छ । मंगलवार साँझ जिल्ला प्रशासन कार्यालय अगाडी राके जुलुस प्रर्दशन गरेका हुन् । युवा संघ नेपाल गुल्मीका नेता तथा कार्यकर्ताले स्थानीय तहको निर्वाचन समयमै गराउन माग गर्दै प्रशासन कार्यालय अगाडी राके जुलुस प्रर्दशन गरेको हो ।

पाँच दलिय गठबन्धनले सरकारले जनताको हित विपरित काम गरेको युवा संघ नेपाल गुल्मीका कोषाध्यक्ष सुरेश भण्डारीले आरोप लगाए । देशमा सिटामोल, पेट्रोलियम पदार्थको मूल्य वृद्धी गराउने सरकारले जनताको हितमा गर्न नसकेको भण्डारीले बताए । अविलम्ब स्थानीय तहको चुनावको मिति घोषणा नगरे लोकतन्त्र र संविधानको रक्षाका लागि हामी सडकमा उत्रिने चेतावनी दिए ।

समयमै निर्वाचनको माग गर्दै आन्दोलनको आँधीवेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी दिए । उनले यसबाट उत्पन्न परिणामको जिम्मेवार वर्तमान गठबन्धनको सरकार हुने भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्