शिक्षकका लागि छुट्टै अस्पताल निर्माणकार्य अघि बढाउने निर्णय



काठमाडौं,माघ १८ । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

यसअघि निजामति कर्मचारी, सेना र प्रहरीकालागि अस्पताल भएपनि शिक्षकका लागि छुट्टै अस्पताल थिएन ।शिक्षकहरुले लामो समयदेखि अस्पतालको माग गर्दै आइरहेका थिए ।अन्ततः सरकारले २१ बिगाहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारेको हो।

प्रतिक्रिया दिनुहोस्