आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी: प्रधानमन्त्री
काठमाडौँ,माघ १८ । आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
स्थानीय तहको निर्वाचन बारे जेठ ४ गते चुनाव मिति घोषणा गर्ने प्रधानमन्त्री देउवाले बताएका छन । नेपाली कांग्रेस वाग्मतीका सभापति इन्द्र बानियाँसहितको टोलीसँग सोमबार कुरा गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले जेठ ४ मा निर्वाचन गर्ने गरी घोषणाको तयारी गरेको बताएका हुन ।
बानियाँका अनुसार प्रधानमन्त्री देउवाले केही दिनमै निर्वाचनको घोषणा हुने जानकारी दिएका छन । कांग्रेसभित्रैबाट अफ्ठेरो र एमालेको दबाबका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ६ महिनापछिमात्र निर्वाचन गर्न गरेको आग्रह देउवाले स्वीकार्न नसक्ने भएका छन । उनले एमालेको माग र संविधान कानुनको व्यवस्था अनुसार आफूले समयमै निर्वाचन गर्ने तयारी थालेका हुन ।