नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ल्होछारको २ दिन सार्वजनिक बिदा
नुवाकोट, माघ १७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सोनाम ल्होछारको २ दिन सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै भोलि १८ र १९ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तामाङ जातीको सबैभन्दा महान चाड ल्होछार पर्व भएकाले हर्षोल्लास पुर्ण तवरले मनाउन गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सबैलाई अनुरोध गरेका छन् ।