नभेटिएको २४ लाख डोज खोप विवरण खोज्नका लागि समिति गठन
काठमाडौँ, माघ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको हराएको २४ लाख डोज खोपको तथ्यांक खोज्न समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् । छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छ ।
केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ । प्रमुख प्रतिपक्ष दल एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।