आवधिक निर्वाचन गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड



काठमाडौं,माघ १५ । आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यता अनुरुव चुनाव गर्न गठबन्धन प्रतिवद्ध भएको बताएका हुन् ।

‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य मान्यता अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध छ,’ प्रचण्डले आज ट्वीट गर्दै लेखेका छन् ।

उनले संविधानसँग बाझिएका निर्वाचन ऐनलाई आवश्यक संशोधन गर्नका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको समेत बताए । उनले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको उल्लेख गरेका छन् ।

प्रचण्डले यसअघि वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्न प्रस्ताव गरेका थिए । यसले राजनीतिकवृत्तमा तरंग ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्