नुवाकोटको समुन्द्रादेवी माध्यमिक विद्यालयका विद्यार्थीले लगाए कोरोना विरुद्धको पूर्ण खोप



नुवाकोट, माघ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका विद्यार्थीले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

बुधबार विद्यालयको प्राङ्गणमा भएको खोप कार्यक्रममा विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका १४० जना विद्यार्थीले पूर्ण खोप लगाएका हुन।

कक्षा ३ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पूर्ण खोप लगाइएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद सिटौलाले बताए । सानो उमेर समूहका बालबालिकालाई खोप नआइसकेकाले तत्काल भौतिक कक्षा सञ्चालन बारे छुट्टै तयारी गर्नुपर्ने प्रधानाध्यापक सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्