कोरोनाका कारण टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित



काठमाडौं,माघ ११। टोखा नगरपालिकामा सञ्चालन भैरहेको ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ ।

आफ्नो सेवा क्षेत्रमा रहेका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका कारण स्थगित भएको हो ।

‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको केन्द्रका प्रमुख डा एरिसा पौडेलले जानकारी दिइन् । सेवा क्षेत्रका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर सो कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्