उपत्यकामा ‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान शुरू



काठमाडौं,माघ ८ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान शुरू गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीवारदेखि न्यूरोड गेटबाट उक्त अभियानको शुरुआत गरेको हो । अभियानको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा महाशाखाका प्रमुख जोशीले मुलुकमा कोरोनाको तेस्रो लहर तीव्रगतिमा बढिरहेको बेलामा सार्वजनिक यातायातबाट हुनसक्ने संक्रमण रोक्न ‘अनिवार्य मास्कको प्रयोग गरौं’ अभियान शुरुआत गरिएको बताए । शुरूको चरणमा १५ हजार सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना सङ्क्रमणका कारण यातायात मजदूर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्